citizens life insurance long ad
stcnepal long ad

पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले घट्यो

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको निगमले जनाएको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल आयल निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ नभएको निगमले जनाएको छ ।

IME Life
kumari