stcnepal long ad
ime life insurance
global ime bank long

भोलि मंसिर २० गते नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँडहुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड गर्न लागेको हो।

आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे हिमालयन क्यापिटलको कार्यालयमा राखिएको छ। कम्पनीले गत मंसिर २० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको थियो।

सीडीएससीका अनुसार यो आइपीओमा निष्कासनको अन्तिम दिन साँझसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए। जुन मागभन्दा झन्डै १२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

prabhu mahalaxmi
kumari