मङ्सिर १५ गते इमर्जिङ्ग नेपालको साधारण सभा
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आठौं वार्षिक साधारण सभा मङ्सिर १५ गते गर्ने भएको छ । साधारण सभा काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ ।
सभाले ८ दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालूआर्थिक वर्ष को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।























