citizens life insurance long ad
stcnepal long ad

पीइ रेसियो कम रहेका अधिकांश बैंकको बजार भाउ २०० रुपैयाँ भन्दा तल

सूचीकृत अधिकांश वाणिज्य बैंकमध्ये कम पीइ रेसियो भएकाहरुको सेयर भाउ २०० भन्दा तल रहेको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूचीकृत अधिकांश वाणिज्य बैंकमध्ये कम पीइ रेसियो भएकाहरुको सेयर भाउ २०० भन्दा तल रहेको छ । कात्तिक २३ गतेको अन्तिम कारोबार मूल्य अनुसार १३ वाणिज्य बैंकहरुको पीइ २० भन्दा तल छ । ८ वटाको उक्त रेसियो १५ भन्दा पनि कम देखिएको छ।

जसमध्ये ६ वटाको बजार भाउ २०० रुपैयाँ भन्दा तल रहेको तथ्यांकले देखाएको छ । प्राइम कमर्सियल बैंकको पीइ रेसियो सबैभन्दा कम छ । यसको उक्त रेसियो ७.९१ र प्रतिकित्ता सेयर मूल्य १८७ रुपैयाँ ९० पैसा मात्र रहेको छ ।

त्यसैगरी, प्रभु बैंकको बजार भाउ १५४ रुपैयाँ र पीइ रेसियो ८.७६ रहेको छ । पछिल्लो समय निरन्तर घट्दो बजारका कारण बैंकहरुको पीइ रेसियो पनि तल आएको देखिन्छ ।

सामान्य भाषामा बुझ्दा कम्पनीको सेयर भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीइ रेसियो हो ।

कुनै कम्पनीको पीइ २० भन्दा कम छ भने त्यसलाई तुलनात्मक रुपमा लगानीका लागि सुरक्षित मानिन्छ । तर पीइ कम छ भन्दैमा लगानी सुरक्षित हुन्छ भन पनि मिल्दैन । पीइ रेसियो भनेको वित्तीय विश्लेषण गर्दा प्रयोग गरिने एउटा महत्वपूर्ण टुल मात्र हो ।

यता, पछिल्लो तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगाको ९.७६ र एमएमबि बैंकको पीइ रेसियो ९.७८ रहेको छ । जम्मा ४ वटाको उक्त रेसियो १० भन्दा तल छ ।

कृषि विकास बैंकको प्रतिसेयर आम्दानी भने नोक्सानीमा रहेकाले यसको पीइ पनि ऋणात्मक छ । त्यसैगरी, सिद्धार्थ बैंकको पीइ १९४.९६ रहेको छ । नेपाल र लक्ष्मी सनराइज बैंकको पनि उक्त रेसियो अरुको भन्दा धेरै नै छ ।

औसतमा वाणिज्य बैंकको पीइ रेसियो २८.६३ रहेको छ ।के हो पीइ रेसियो रु कम्पनीको बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीइ रेसियो हो ।

पीइ रेसियोले कम्पनी ‘अन्डरभ्यालुड’ वा ‘ओभरभ्यालुड’ के हो भन्ने छुट्याउन मद्दत पुर्याउने भएकाले लगानीमा यसलाई महत्वपूर्ण सूचक मानिन्छ । सामान्यतयः पीइ रेसियो थोरै भएका कम्पनीहरुमा लगानी सुरक्षित मानिन्छ । तर पीइ कम हुँदैमा सधैं सबै कम्पनी राम्रा हुन्छन् भनेर मात्र चाहिँ बुझ्नु हुँदैन ।

अनि, पीई केही बढी हुँदैनमा त्यो कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने पनि सधैं सोच्नु पनि हुँदैन । यसमा अन्य केही पक्षहरुको पनि भूमिका रहने गर्छ ।

पीइसँगै अन्य सूचकहरु पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । कम्पनीको ग्रोथ अवस्थालाई पनि ख्याल गर्नुपर्छ। भविष्यको सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ । स्रोत : नेप्से

IME Life
kumari