stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौंको असनका बासिन्दाले आज विजया दशमीको टीका थाप्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको असनका बासिन्दाले आज बल्ल विजया दशमीको टीका थाप्दैछन् । हरेक वर्ष एकादशीका दिन असनका स्थानीय बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्दछन् ।

आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ ।

असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने गर्दछ ।

prabhu mahalaxmi
kumari