बैंकहरुलाई प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ ।
राष्ट्र बैंकले यसपाली बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेगरी समय थपेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैं बिदा परेकाले समय थप गरिएको राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए । बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
अब कात्तिक लागेपछि बैंक तथा वित्तीय संस्था सहित सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थाल्छन् । सेयर बजारका लगानीकर्ता पनि त्रैमासिक रिपोर्टको प्रतीक्षामा रहेका छन् ।
























