stcnepal long ad
ime life insurance
national life
global ime bank long

चाडपर्वका लागि डीडीसीले घोषणा गर्‍यो २५० रुपैयाँसम्म छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य घोषणा गरेको छ । संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयासम्म छुट पाइने जनाएको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरुमा छुटको घोषणा गरेको छ । यो मूल्य हालका लागि लैनचौर बिक्री केन्द्रमा लागु हुने र थप सहुलियत घोषणाका लागि गृहकार्य गरिरहेको संस्थानका महाप्रबन्धक सञ्जीव झाले बताए ।

नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिइएको छ । १ हजार २ सय रुपैयाँदेखि १ हजार २५० रुपैयाँ साविकको मूल्यलाई १ हजार १५० देखि १ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ । पनिरमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । अब आधा किलोको पनिर किन्दा ४५० र २०० ग्रामको पनिर किन्दा १९० रुपैयाँमा पाइन्छ ।

टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट दिइएको छ । डीडीसीले उत्पादन गर्ने २५० ग्रामको उक्त बटरको मूल्य छुटपछि ३५० रुपैयाँ कायम भएको छ ।

जार दहीमा प्रतिलिटरमा १५ रुपैयाँ छुट दिइएको छ । १९० रुपैयाँ प्रतिलिटर मूल्यको दही अब १७५ रुपैयाँमा पाइने भएको छ ।

यस्तै, पोली दहीमा प्रतिलिटर १४ रुपैयाँ छुट दिइएको छ । १७० रुपैयाँ प्रतिलिटरको दही अब १५६ रुपैयाँमा पाइन्छ । प्रोबायोटिक दही जारको प्रतिलिटरमा २० रुपैयाँ छुटपछि २०० रुपैयाँ मूल्य कायम गरिएको छ ।

IME Lifesidebar
kumari