stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आजदेखि सुरु हुँदै

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आइतबारदेखि सुरु हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ ।

घटस्थापनामा घडाको पूजा गरी जौ, मकै, गहुँलगायतको बिउ छरेर जमरा राखिन्छ । यस पटक घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नौ दिनसम्म देवीलाई विभिन्न रूपमा पूजा गरेर दशमीको दिनमा विसर्जन गरी घडाको जलले अभिशेष गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा रहेको छ । नौ दिनसम्म हरेक दिन दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले ती दिनलाई नवरात्रिका रूपमा पनि मनाइन्छ ।

दशमीको दिनलाई विजया दशमीका रूपमा मनाइन्छ । यसरी टीका लगाउने क्रम कतै एक दिन मात्र हुन्छ भने कतै पूर्र्णिमासम्म नै लगाइन्छ ।

दसैँको पहिलो दिन ‘शैलपुत्री’ नामकी देवीको पूजा गरिन्छ । आआफ्नो क्षेत्रमा रहेका शक्तिपीठहरूमा दर्शन गर्ने र पञ्चबलि दिने परम्परा रहेको छ । विभिन्न कोतमा सरकारका तर्फबाट नै बलीको व्यवस्था गरिँदै आएको छ ।

 

prabhu mahalaxmi
kumari