stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यात्रुबहाक गाडीमा रुट परमिट खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

यो अवधिभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ । तर हरेक वर्षजस्तै यसपालि पनि सहज रुपमा टिकट पाउन नसकेको यात्रुको गुनासो छ ।

prabhu mahalaxmi
kumari