stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

व्यापारीले गरे राजश्व अनुसन्धानका कर्मचारीलाई ढुंगामुढा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । अनुसन्धानका नाममा व्यापारीलाई पटक(पटक दुःख दिएको भन्दै एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मङ्गलवार ढुंगामुढा भएको हो ।

स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा(मिर्चैया खण्ड मङ्गलवार दिउँसो आवागमन अवरुद्ध गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

असोज ४ मा टोलीले मिर्चैया–५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मङ्गलवार गएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए ।

prabhu mahalaxmi
kumari