stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०८५ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । चितवन भरतपुर अस्पतालमा एकजना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवन भरतपुर ११ का एकजना पुरुषको मृत्यु भएको बताए । सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरत्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताए । यसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार २ सय ९२ जना पुरुष र ३१ जना महिलामा पीसीआर परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ८५ पुगेको छ । जसमध्ये ३ हजार ७ सय ९८ पुरुष र २ सय ८७ पहिला रहेका छन् ।

यस्तै अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ पीसीआर परीक्षण भएको छ । यस्तै १ लाख ६६ हजार १ सय ५८ आरडीटि परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ य ५३ पीसीआर परीक्षण भएको छ भने ९ हजार १ सय ६७ आरडिटी परीक्षण भएको छ ।

प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ३ हजार ४ सय ८७ रहेको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ७ जना पुरुष छन भने ७७ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमण निको भई घर जानेको संख्या ९६ रहेको छ । उनीहरु मध्ये ८८ जना पुरुष र ८ जना महिला रहेका छन् । संक्रमित जिल्लाहरुको संख्या ७२ पुगेको छ । आज इलाम जिल्लामा पनि पहिलोपटक संक्रमण फेला परेको छ ।

prabhu mahalaxmi
kumari