citizens life insurance long ad
stcnepal long ad

फोनपे को नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान सञ्चालन गरेको छ । उक्त अभियानको उद्देश्य मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीले उल्लेख गरेको छ ।

‘सुपरयात्रा’ अभियान असोज १७ देखि कात्तिक ११ सम्म लागू हुनेछ । अभियानअन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् ।

अतिरिक्त लाभको रुपमा, नयाँ ग्राहकहरुले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २ सय रुपैयाँसम्म क्यास ब्याकको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन ग्राहकहरुले तोकिएको समयावधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ ।

अभियानले मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकटहरु खरिद गर्ने सहजतालाई मनाउनुको साथसाथै यस चाडपर्व समयमा अधिकांश ग्राहकहरुको यात्रामा थप ऊर्जा थप्ने लक्ष्य पनि राखेको छ ।

IME Life
kumari