citizens life insurance long ad
stcnepal long ad

असोज  २२ गतेदेखि अग्रिम बुकिङ खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला हुने भएको छ। दसैँतिहार र छठ पर्वका लागि लामो तथा छोटो दुरीका सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको हो।

यातायात व्यवस्था विभागमा शुक्रबार बसेको ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भए पनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरू निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताउनुभयो।

उहाँले भन्नुभयो, “आजको बैठकले २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः बैठक बसेर टुङ्गो लगाउँछौँ।”

महासङ्घले १७ बुँदे ध्यानाकर्षण पत्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बुझाएपछि अग्रिम टिकट बुकिङ खुला गरेको हो। व्यवसायीको मागबारे छलफल र सहमति गर्दै जाने तर हाललाई अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको अध्यक्ष स्वाँरले जानकारी दिनुभयो।

व्यवसायीले भाडा समायोजन, सडक मर्मत, ट्राफिक व्यवस्थापन र विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

बर्सात्मा भत्किएका सडकको मर्मत नहुँदा समयमा गन्तव्य पुग्न नसक्ने भएकाले तत्काल सडक मर्मत गर्नुपर्ने व्यवसायीको माग थियो । सडक मर्मत र ट्राफिक व्यवस्थापन तत्काल अघि बढाइने भएको छ ।

IME Life
kumari