citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इ–बैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इ–बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५% वा अधिकतम रु २००, विजुलीको बिल  तिर्दा २% वा अधिकतम रु २% र इन्टरनेटको बिल  तिर्दा २% वा अधिकतम रु ५० सम्मको क्यासब्याकको व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet  मा उपलब्ध छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

IME Life
kumari