stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

झापा । तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।

दमक नगरपालिका–१ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, दमक–७ कै १८ वर्षीय सवास आलम, दमक–१ कुमाल चौकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक–१ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरुङ्ग, दमक–७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली–४ का ३१ वर्षीय सन्दिप राई, सोही पालिका–३ का ३८ वर्षीय सुर्य केरुङ्ग, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

उहाँले घटनाकै दिन होटल सञ्चालक कुमालसहित आठ र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लावारी–१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिनअघि दमक–१ स्थित कुमाल चौकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा आरोपी राईले लिम्बूको मुख्य आरोपी राईले घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए ।

हत्या लगत्तै उनी फरार थिए र आज खोजतलासका क्रममा संयुक्त प्रहरी टोलीले राईसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो ।

prabhu mahalaxmi
kumari