stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ : प्रधानमन्त्री ओली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री  ओलीले यस्तो बताउनु भएको हो । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महìवपूर्ण योगदान पु¥याउने समेत उहाँले स्पष्ट गर्नुभएको छ ।
‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महìवपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’–प्रधानमन्त्री  ओलीको सन्देशमा भनिएको छ ।
हालै कार्यान्वयनमा ल्याइएका पन्ध्रौं योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेका उल्लेख गर्नुभएको छ ।
‘जैविक विविधताको महìव र योगदान बहुआयामिक छ, त्यसैले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनमा वातावरणमैत्री विधि अपनाउनु पर्दछ’, उहाँले सन्देशमा भन्नुभएको छ ।

जैविक विविधताको संरक्षण र विकास निर्माणका कामको कार्यान्वयनमा सन्तुलन मिलाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा समेत योगदान पु¥याउने जैविक विविधताको संरक्षण, दीगो उपयोग र यसबाट प्राप्त लाभको न्यायोचित वितरणमा नेपाल सरकारले नीति तथा कार्यक्रम मार्फत जोड दिएको बताउनुभयो ।

prabhu mahalaxmi
kumari