Everest Bank
nabil bank
national life
stcnepal long ad

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ भव्यताका साथ सम्पन्न

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरिएको विशेष समारोहमा विभिन्न १६ विधामा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ घोषणा गरिएको हो ।

जनसाधारणले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाटआएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरिएको थियो ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाज्का अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सीजी होल्डिङ्स्का अध्यक्ष अरुण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए ।

यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रुपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरुसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन शुल्क वा स्पोनसरसिप लिएको छैन भने स्वतन्त्र लब्धप्रतिष्ठित व्यक्तिहरु सम्मिलित निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिइएको थियो ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ को हस्पिटालिटी पार्टनर ह्यात प्लेस काठमाडौंमा आयोजित विशेष समारोहमा उपस्थित ३०० भन्दा बढी विशिष्ट अतिथिमाझ घोषणा गरिएका अवार्डहरु सम्बन्धित एअरलाइन्सका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो ।

समारोहमा आयोजकका तर्फबाट भाइस प्रेसिडेन्ट लालचन्द्र गौतमले एअर इन्डियाका कन्ट्री म्यानेजर प्रिति सावन्तलाई नेपालमा सर्वाधिक लामो समयसम्म उडान भर्ने एअरलाइन्सका रुपमा विशेष अवार्ड प्रदान गरेका थिए ।

सस्तो टिकेट्स्ले टाइटल स्पोन्सरको रुपमा बेष्ट एअरलाइन्स अवार्डस् सँग सहकार्य गर्दै यस अवार्ड कार्यक्रमला भब्यताका साथ सम्पन्न गर्न विशेष योगदान पु¥याएको छ ।

सस्तो टिकेट्स् नेपालको सर्बाधिक ठूलो अनलाइन टिकेटिङ् प्लेटफर्म हो भने यसले आफूलाई थप बृहत बनाउन ग्लोबल आईएमई बैंक, आईएमई पे, नमस्ते पे जस्ता सस्थाहरुमा आबद्धता गरि हवाई टिकेटिङ् तथा होटल रिजर्भेसनका क्षेत्रमा विभिन्न किसिमका नयाँ टुल्सहरु प्रयोगमा ल्याउन थालेको छ ।

कार्यक्रमका आयोजक ग्लोबल एक्रिडिएसन काउन्सिलकी प्रमुख कार्यकारी अधिकृत रोस्मिता बरालले उद्घाटन मन्तव्य दिँदै यस अवार्डले नेपालको एभिएसन क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी थिइन् ।

२ चैत २०७९, बिहीवार १८:१४ बजे प्रकाशित

stcnepal long ad