citizens life insurance long ad
stcnepal long ad

बुधबार राति काठमाडौँबाट उडेको नेपाल वायुसेवा निगमको जहाज पश्चिम अफ्रिकी देश मालीमा ग्राउन्डेड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली सेनाको शान्ति मिसनको टोली बोकेर बुधबार राति काठमाडौँबाट उडेको नेपाल वायुसेवा निगमको जहाज पश्चिम अफ्रिकी देश मालीमा ग्राउन्डेड भएको छ।

कतारको दोहा हुँदै मालीका लागि उडेको निगमको न्यारोबडी एयरबस–३२० (नाइनएन–एकेडब्लु ) जहाजको पाङ्ग्रा पन्चर भएपछि शुक्रबार नेपाल आइपुग्नुपर्ने जहाज उतै ग्राउन्डेड भएको हो।

बिहीबार रातिसम्म पन्चर भएको टायरको अर्को व्यवस्था नभएपछि निगमले नेपालबाट दोहा हुँदै अर्को टायर पठाउने तयारी गरिरहेको छ।

विमानको ल्यान्डिङ गियरको पाङ्ग्रा नै पन्चर भएपछि सोही विमानमार्फत मिसनबाट नेपाल फर्किन लागेका ७५ जना सैनिक उतै रोकिएका छन्।

बुधबार राति ११ बजे आरए २४५१ उडान नम्बरको उक्त जहाज माली पुगेपछि एउटा ल्यान्डिङ गियरको पाङ्ग्रा पन्चर भएको पत्ता लागेको थियो।

निगमका अध्यक्ष युवराज अधिकारीले जहाजमा देखिएको टेक्निकल समस्या चाँडै समाधान गरेर फर्काउने तयारी भइरहेको बताउनुभयो।

शुक्रबार बिहान नेपाल फर्केर दिल्ली उड्नुपर्ने उक्त जहाज जगेडा टायरको व्यवस्था नभएपछि मालीको गाओ अन्तर्राष्ट्रिय विमानस्थलमा टायरको पर्खाइमा रहेको छ।

जहाजमा रहेका निगमका प्राविधिकले मालीको राजधानी बमाकोमा पनि टायर नपाएपछि नेपालबाटै जगेडा टायर पठाउन खबर गरेका थिए।

शुक्रबार दोहा हुँदै नेपालबाट टायर पठाउने तयारी रहेको निगमका सह–प्रवक्ता गणेशकुमार घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो, “मालीमा जहाज ग्राउन्डेड भएपछि अर्को टायरको व्यवस्थाका लागि संयुक्त राष्ट्रसङ्घ मातहतको कार्यालय र संयुक्त राष्ट्रसङ्घको मिसन कार्यालयलाई पनि आग्रह गरियो तर टायरको व्यवस्था नभएपछि शुक्रबार नेपालबाटै त्यहाँ पठाउने तयारीमा छौँ।”

जहाजको अन्य पार्टस्मा केही समस्या नभएको र टायर फेरेपछि जहाज नेपाल फर्किने उहाँको भनाइ छ। १५८ सिट क्षमताको उक्त जहाज नेपाली सेनाले चार्टर्ड गरेर माली लगेको हो।

IME Life
kumari