citizens life insurance long ad

एनएसीका दुई विभागीय प्रमुख हटाइए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएपछि संस्थागत सुधारका कामहरूले तिव्रता पाएको कर्मचारीहरूले दाबी गर्दै आएका छन् । जहाजहरूको नियमित उडान, मर्मत सम्हारका साथै राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र अनुशासनहीन काम गर्ने कर्मचारीलाई दण्डित गर्ने कार्यको सुरूवात गरिएको छ ।

व्यवस्थापनले केही निर्देशक(विभागीय प्रमुख) तथा कर्मचारीहरूको विभाग समेत हेरफेर गरेको छ । नेपाल वायु सेवा निगमको अप्रेशन विभाग प्रमुख रहेका दिपु जुहारचनलाई सो विभागबाट हटाएर सबै भन्दा वरिष्ठ पाइलट १० औं तहका रविन्द्र शेरचनलाई अप्रेशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसैगरी साधारणा सेवा तथा सम्पत्ति व्यवस्था विभागका निर्देशक पनि हटाइएको छ ।

यसैबीच निगमको फ्लाइट सिप्टीको सिफारिस बमोजिम दुई पाइलटलाई व्यवस्थापनले ग्राउण्डेड गरेको पत्र दिएको खबर छ । गत २०७८ चैत २५ गतेको फ्लाइट सिप्टीको सिफारिस बमोजिम कमाण्डर पाइलट प्रशान्त राई र गृष्म श्रेष्ठ ग्राउण्डेड भएका छन् ।

IME Lifesidebar
kumari