citizens life insurance long ad
stcnepal long ad

यति एयरलाइन्सका आफ्ना यात्रुलाई १ लाखको निःशुल्क अतिरिक्त दुर्घटना बीमा सुविधा योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। यति एयरलाइन्सले आफ्ना यात्रुको लागि अतिरिक्त दुर्घटना बीमा सुविधा योजना सार्वजनिक गरेको छ। सानिमा जनरल इन्स्योरेन्ससँगको सहकार्यमा यति एयरलाइन्सले दुर्घटना बीमा सुविधा ल्याएको हो।

बैशाख १ गतेदेखि ३ महिनासम्मको लागि यात्रुलाई १ लाख रुपैयाँ बीमांकको दुर्घटना बीमा र १०‌ हजार रुपैयाँको उपचार खर्च सहितको निःशुल्क बीमा सुविधा उपलब्ध गराइएको हो।

यति एक्स्ट्रा केयर योजना अन्तर्गत प्रत्येक पटक अनलाइन वा यति एयरलाइन्सको एप्समार्फत टिकट खरिद गरी उडान गर्दा प्राप्त हुने बीमा सुविधा ३० दिनसम्म जारी रहनेछ। यो दुर्घटना बीमा हवाई उडानको दुर्घटना बीमा नभई सामान्य दुर्घटना बीमा हो।

IME Life
kumari