stcnepal long ad
ime life insurance
national life
global ime bank long

पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण सङ्घको सहयोग महत्वपूर्ण : प्रधानमन्त्री देउवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पर्वतारोहण सङ्घले मुलुकको पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनमा सरकारलाई महत्वपूर्ण सहयोग पुर्याएको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घको नवनिर्मित भवनको उद्घाटन तथा ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले हिमाल आरोहणसँग सम्बन्धित विभिन्न कार्यहरु तालिम, हिमालको सरसफाई, विपद्मा उद्धार र खोज, अपाङ्गता भएकाको औषधोपचारलगायत कार्यमा सङ्घले गर्दै आएको कार्यको प्रशंसा गरे ।

विभिन्न २७ हिमालको कर व्यवस्थापनलगायतको कार्य पनि गर्दै आएको सङ्घले पर्वतीय पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने काममा सरकारसँगको सहकार्यका लागि प्रधानमन्त्री देउवाले धन्यवादसमेत दिए ।

उनले भने, ‘कोभिड–१९ बाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थान गर्न सरकारले योजना अघि बढाएको छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्याएको पर्यटन क्षेत्र कोभिड–१९ कारण सुस्ताएको हुँदा यस क्षेत्रलाई पुनःस्थापना गर्नका लागि हालै सरकारले नेपाल प्रवेश गर्ने पर्यटकका लागि स्वास्थ्य मापदण्डमा सहजीकरण गरेको छ ।’

सो अवसरमा उनले रु आठ करोड २५ लाखको लागतमा सङ्घको नवनिर्मित साढे छ तले भवनको शिलान्यास गर्नुका साथै सङ्घले तयार गरेको ४६७ हिमालको प्रोफाइलसहितको नयाँ वेबसाइटको उद्घाटनसमेत गरेका थिए ।

यसले नेपालको पर्वतीय पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास थियो । नेपालको हिमाल आरोहणमा चासो राख्नेका लागि प्रोफाइल महत्वपूर्ण हुने बताउँदै उनले यसकोे निरन्तर अद्यावधिक गर्न आग्रह गर्नुका साथै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्वतीय पर्यटनका लागि सङ्घले पुर्याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताए ।

उनले कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले कर छुट, विभिन्न सहुलियत तथा अनुदानका कार्यक्रममा अघि बढाएको उल्लेख गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताए ।

सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि सङ्घले गर्दै आएका विभिन्न कामका बारेमा अवगत गराउँदै यस क्षेत्रका नीति र विधि सरकारको परिवर्तनसँगै नफेरिने गरी अघि योजना अघि बढाउन सरकारसँग आग्रह गरे ।

साथै उनले पर्वतारोहीहरुले बुढेसकालमा दुःख पाउने गरेको बताउँदै यसको समाधानका लागि हिमाल आरोहणको करबाट बास्केट फण्ड बनाइदिन सरकारसँग आग्रह गरे ।

IME Lifesidebar
kumari