stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल पर्वतारोहण सङ्घले २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट उठायो १२ करोड रोयल्टी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६/७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ । नेपाल सरकारले अनुमति दिएका पाँच हजार ८०० देखि छ हजार ५०० मिटरसम्म उचाइ भएका २७ पिकमध्येमा गत वर्ष २४ पिक आरोहणबाट उक्त रकम सङ्कलन भएको जनाइएको छ ।

सङ्घका अध्यक्ष सन्तवीर लामाका अनुसार सरकारले एनएमएलाई २७ पिकको प्रवद्र्धन तथा आरोहण अनुमतिको जिम्मा दिएको छ । जिम्मा दिएका मध्येमा गत वर्ष २४ पिक आरोहणका लागि एक हजार ७३३ समूहका छ हजार ५५५ जनाले अनुमति लिएका थिए । अनुमति लिने मध्येमा १०२ नेपाली रहेका एनएमएले जनाएको छ ।

सरकारले नियमअनुसार उठेको रोयल्टी रकममध्येबाट २५ प्रतिशत प्रदेश सरकार, २५ प्रतिशत स्थानीय तह र पाँच प्रतिशत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति (माउन्टेन एकेडेमी) मा जम्मा गर्नुपर्ने हुन्छ । गत आवको रोयल्टी रकम सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्वतारोहण रोयल्टी खातामा जम्मा गरेको जनाएको छ ।
जम्मा उठेको रकममध्येबाट सङ्घले तीन शीर्षकमा रु छ करोड ८८ लाख ४९ हजार जम्मा गरेको हो । उनका अनुसार सम्बन्धित प्रदेश सरकारको कोष र स्थानीय तहको कोषमा छुट्टाछुट्टै रु तीन करोड १२ लाख ९५ हजार तथा माउन्टेन एकेडेमीका नाममा रु ६२ लाख ५९ हजार रोयल्टी रकम जम्मा गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नियम अनुसार रोयल्टी रकम भुक्तानी प्रक्रियामा अस्पष्ट हुँदा भुक्तानीमा केही ढिला भएको सङ्घका महासचिव एवं सूचना अधिकारी कुलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार सङ्घले २७ पिकमध्ये समूह ‘क’ मा १२ र समूह ‘ख’ मा १५ पिक गरी दुई भागमा विभागजन गरेको छ । शुरुआती चरणमा १२ पिकको अनुमति दिएको सरकारले विसं २०७४ साउन १० गते १५ पिक थप गरेर २७ पिकको जिम्मा दिएको थियो । एनएमएले २०७६ साल असोज १३ गते सरकारलाई थप पाँच हजार ८०० उचाइदेखि छ हजार ५०० मिटर उचाइसम्मका १७६ पिकको व्यवस्थापनाको जिम्मा दिन आग्रहसमेत गरेको थियो ।

सङ्घका अध्यक्ष लामाका अनुसार नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले हाल आरोहण गरिँदै आएका तथा पहिचान भएर पनि आरोहण नगरिएका ४१४ हिमशृङ्खला तथा चुचुरा ९पिक०को विस्तृत जानकारीसहित ‘पिक प्रोफाइल’ तयार पारेको छ । हालसम्म आरोहणका लागि उपयुक्त मानिएका ४१४ चुचुराबारे व्यवस्थित रूपमा एउटै वेबसाइट पोर्टलबाट जानकारी उपलब्ध गराउने उद्देश्यले पिक प्रोफाइल तयार गरिएको हो ।

उहाँका अनुसार नेपालको साहसिक पर्यटन प्याकेजका रूपमा रहेका नेपालका हिमशृङ्खला तथा पर्वतका विषयमा व्यवस्थित रूपमा प्रोफाइल पहिलोपटक तयार पारिएको हो । रासस

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long