citizens life insurance long ad
stcnepal long ad

ट्रान्जिटमा रोकिएका नेपालीलाई खाने बस्ने व्यवस्था

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ट्रान्जिटमा रोकिएका २५० नेपालीलाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ र खाने व्यवस्था भएको जनाइएको छ ।

नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण युएईमा रोकिएका त्यो सङ्ख्याका नेपालीलाई युएईमा रहेको दूतावासले पोर्टल निर्माण गरेर विवरण सङ्कलन गरी उनीहरूलाई तत्काल खाने बस्ने व्यवस्था भएको जनाइएको हो ।

कन्सुलर सेवा विभागको पहलमा युएईमा रहेको दूतावासले युएई ट्रान्जिटमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल जाने क्रममा असहज परिस्थितिमा परेका नेपाली नागरिकलाई आफ्नो विवरण उपलब्ध गराउन आइतबार नै सूचना मार्फत आग्रह गरेको थियो ।

दूतावासले अनलाइन पोर्टल मार्फत आएका उपलब्ध विवरण अनुसार उनीहरू तत्काल सुरक्षित रहने व्यवस्थापन गरेको जनाएको छ । अनलाइन पोर्टलमा २५० जनाको विवरण प्राप्त भए पनि यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

हाल उनीहरू सम्बन्धित एयरलायन्सकै जिम्मामा रहेकाले नेपाल ल्याउने अथवा गन्तव्यमा पठाउने जिम्मेवारीसमेत सम्बन्धित एयरलायन्सकै हुने बताइएको छ ।

सो पोर्टलमार्फत युएई ट्रान्जिट परेर रोकिएका यात्रुलाई अनलाइन तथा क्युआर कोडमार्फत आफ्नो विवरण उपलब्ध गराउन सकिने छ । दूतावासले इरान र इजरायल–अमेरिकाबिचको युद्धका कारण समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ ।

त्यहाँको हवाई उडान नखुलेसम्म अस्थायी रूपमा खान बस्नको व्यवस्था मिलाइएको र आकाश खुल्नेबित्तिकै प्राथमिकताका साथ उनीहरूलाई गन्तव्यमा पु¥याइने जानकारी दिइएको छ ।

IME Life
kumari