sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल वायुसेवा निगमले २०८० चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक गरी २०८० चैत्र ३० गते जम्मा रु ५३,०९,५५,२८१ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको जनाएको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८० चैत्र सम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको हो ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको बताएको छ ।

 

gold
kumari bank
nawakantipur long