stcnepal long ad
ime life insurance
national life
global ime bank long

चैत १ गतेदेखि शहिद स्मारक सी डिभिजन फुटबल लिग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शहीद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबार क्लबका पदाधिकारीलाई बोलाएर चैत १ गतेदेखि सी डिभिजनका खेल सुरु हुने जानकारी गराएको छ ।

गत वर्ष रोकिएको लिग यो वर्ष सुरु गर्न आफूहरु पनि तयार रहेको क्लबका पदाधिकारीले बताएका छन् । तयारीको लागि एन्फाले हरेक क्लबलाई नौ लाख रुपैयाँका दरले रकम दिनेछ ।

फिफा र एएफसीले जारी गरेका मापदण्ड अपनाएर खेल सञ्चालन हुने एन्फाले जनाएको छ ।

कोरोनाका कारण गएको वर्ष रोकिएका खेल सञ्चालन गर्न धमाधम तयारी थालेको एन्फाले बुधबार  मात्रै फागुन ११ गतेदेखि बी डिभिजन लिग सुरु गर्ने घोषणा गरेको थियो ।

IME Lifesidebar
kumari