stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्वकप फुटबल : इरानको राष्ट्रिय टिमलाई अमेरिकाले दियो भिसा

आफूसँग युद्ध लडिरहेको देशलाई स्वागत गर्न लागेको पहिलो अवसर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इरानका विश्वकप फुटबल खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् ।दुई देशबीच तनावपूर्ण सम्बन्ध र सैन्य द्वन्द्व जारी रहेका बेला लस एन्जलसमा हुने आफ्नो पहिलो खेलभन्दा १० दिनअघि उनीहरूले भिसा पाएका हुन् ।

मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसन्दिदेहले बिहीबार रातिसम्म टोलीले अमेरिकी भिसा नपाएको बताएका थिए । तर ह्वाइट हाउसका एक अधिकारीका अनुसार रातारात खेलाडीहरूको भिसा स्वीकृत गरिएको हो ।

टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले शुक्रबार एक्समा सन्देश लेख्दै भिसा जारी भएको पुष्टि गरेका छन् । उनले इरानी राष्ट्रिय फुटबल टोलीका लागि भिसा प्रक्रिया पूरा गर्न सहयोग गर्ने अंकारास्थित अमेरिकी दूतावास टोलीको प्रशंसा गरेका छन् ।

बीबीसीका अनुसार इरानी वर्ल्ड कप टोलीले अमेरिकी भिसा पाएको वाशिङ्टनबाट पुष्टि समेत भइसकेको छ ।

यद्यपि, यद्यपि, इरानी टोलीका केही प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूले अझै भिसा नपाएको इरानी मिडियाहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इरानको फुटबल महासंघले भने हालसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।आफूसँग युद्ध लडिरहेको देशलाई स्वागत गर्न लागेको पहिलो अवसर

अमेरिका र इजरायलसँगको युद्धका कारण विश्वकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने फिफा वर्ल्ड कप पनि भूराजनीतिक प्रतिस्पर्धाको रंगमञ्च बनेको अलजजिराले जनाएको छ । उसका अनुसार सन् १९३० मा विश्वकप सुरु भएयता आयोजक राष्ट्रले आफूसँग युद्ध लडिरहेको देशलाई स्वागत गर्न लागेको यो पहिलो अवसर हो ।

भिसा समस्याका कारण इरानले अन्तिम समयमा टोलीको प्रशिक्षण आधार अमेरिकाको एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारेको थियो । इरानभित्र पनि टोलीको अमेरिका बसाइलाई सकेसम्म छोटो राख्नुपर्ने धारणा बलियो बनेको थियो ।

इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले सन् २०२६ को फिफा विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् ।

इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डविरुद्ध समूह ‘जी’ को पहिलो खेल खेल्नेछ । त्यसपछि उसले त्यही शहरमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सियाटलमा इजिप्टविरुद्ध खेल्ने तालिका छ । इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले सन् २०२६ को फिफा विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् ।

‘शान्तिको संकेत’

मेक्सिकोका लागि इरानी राजदूत अबोलफजल पसन्दिदेहका अनुसार अमेरिकाले औपचारिक रूपमा इरानी टोलीलाई आफ्नो भूमिमा बस्न नदिने कुनै घोषणा गरेको छैन ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार सांसदहरूलाई सम्बोधन गर्दै इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई विश्वकप प्रतिनिधिमण्डलमा सहभागी हुन नदिइने बताएका थिए । कोर्प्स इरानी सशस्क्र बलको शत्तिशाली शाखा हो ।

इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई गत डिसेम्बरमा वासिङ्टनमा भएको विश्वकप ड्र कार्यक्रममा प्रवेश अनुमति दिइएको थिएन । उनी पूर्व रिभोल्युसनरी गार्ड कमान्डर हुन् ।

राजदूत पसन्दिदेहका अनुसार विश्वकपमा सहभागी हुने इरानको निर्णयले वासिङ्टनसँगको युद्ध अन्त्यका लागि समाधान खोज्ने उसको प्रयासलाई पनि देखाउँछ ।

उनले भने, ‘इरानले आफ्नो शत्रु ठानिने देशको भूमिमा समेत विश्वकप खेल्न जानु उसले शान्ति चाहेको संकेत हो ।’

इरान र अमेरिकाबीच शान्ति वार्ता सुस्त गतिमा अघि बढिरहेको छ। दुवै पक्ष अन्तरिम सम्झौताका दिशामा बिस्तारै अघि बढेको देखिए पनि सैन्य आक्रमणहरू भने जारी रहेका छन् ।

IME Lifesidebar
kumari