stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

इङल्याण्डलाई हराउदै भारत टी–२० विश्वकपको फाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भारत जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले दोस्रो सेमिफाइनलमा इङल्याण्डलाई ७ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले दिएको २५४ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

इङल्याण्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले ३५ रन बनाए भने जोस बटलरले २५ रन बनाएका थिए । त्यस्तै जोफ्रा आर्चरले अविजित १९ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने अर्शदीप सिंह, जसप्रित सिंह ,वरुण चक्रवर्ती र अक्सर पटेलले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७ र तिलक बर्माले २१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २–२ विकेट लिएका थिए ।

योसँगै भारत लगातार दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन रहेको भारतले अब फाइनलमा आइतबार न्यूजील्याण्डसँग खेल्ने छ । त्यस्तै यो हारसँगै इङल्याण्ड विश्वकपबाट बाहिरिएको छ ।

prabhu mahalaxmi
kumari