stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो च्याम्पियन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बंगालले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा इस्ट बंगालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बंगलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।

कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन् ।

त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बंगालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् । सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन् ।

त्यसपछि खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बंगालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो । इस्ट बंगालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः इस्ट बंगालले एपिएफमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगिताको उपाधि जित्यो ।

गत मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो । फाइन खेल्ने दुई टोली सहित पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari