stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दैछ । खेल देहरादुनको आयुस क्रिकेट एकेडेमीमा हुनेछ ।

उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली अस्ति भारत गएको हो । नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ ९क्यान० का केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो । नेपाली टोलीले भोलि उत्तराखण्डसँग, पर्सि पश्चिमबङ्गालसँग, मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेल्नेछ ।

टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long