नेपाल ओलम्पिक कमिटीद्वारा ३ जना मानार्थ उपाध्यक्षमा मनोनीत
काठमाडौँ। नेपाल ओलम्पिक कमिटीले ३ जनालाई मानार्थ उपाध्यक्षमा मनोनयन गरेको छ ।आइतबार कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र नेपाल भारोत्तोलोन संघका निवर्तमान अध्यक्ष रतन कुमार टण्डनलाई विधान अनुसार मानार्थ उपाध्यक्षमा मनोनयन गरेको हो ।
कमिटीले कुनै पनि अड्डा अदालतमा कानुनी काम कारबाही गर्न कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्यलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।
यसका साथै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगका संयोजक अधिवक्ता वसन्तबहादुर बस्नेत, सञ्जीव कुमार आचार्य र इन्दु कार्की तथा अनलाइन निर्वाचन प्रणाली सेवा प्रदान गर्ने स्कुल अफ इन्जिनियरिङ हंगेरीका डा. भिक्टर होस्जार र साउथ एसिया ओलम्पिक काउन्सिलका प्रतिनिधि एवं भुटान ओलम्पिक कमिटीका महासचिव सोनाम कर्मा छिरिङलाई कमिटीले धन्यवाद दिएको छ ।