citizens life insurance long ad
stcnepal long ad

सेल्टा भिगोसँग बार्सिलोनाको बराबरी

Nimb long ad
Prabhu Insurance Long Ad

स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले शनिबार सेल्टा भिगोसँग २–२ को बराबरी खेलेको छ । दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि बार्सिलोनाले आफ्नो ठोस अग्रता गुमाएको हो र यससँगै एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो ।

राफिन्हाको गोलले अग्रता लिएको बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले दोस्रो गोल थपे र टिम २–० ले अगाडि रह्यो । त्यसपछि सेल्टा भिगोका लागि एलफोन गोन्जालेजले ८४ र ह्युगो अल्भारेजले ८६ औं मिनेटमा गोल फर्काए ।

मार्क कसाडोलाई रातो कार्डमा गुमाएपछि बार्सिलोना खेलको अन्त्यतिर दस खेलाडीमा सीमित रहेको थियो । यो नतिजापछि बार्सिलोना ३४ अंकमा शीर्षकै कायम रह्यो ।

अंक तालिकाको तेस्रोमा रहेको एटलेटिको म्याड्रिडले डेपोर्टिभो लाकुरुनालाई २–१ ले हरायो । एटलेटिकोको २७ अंक भएको छ । रियल म्याड्रिड भने २९ खेलमा दोस्रो स्थानमा छ ।

IME Life
kumari