आइसिसी टी–२० विश्वकपको उपाधि भारतलाई

काठमाडौँ । आइसिसी टी–२० विश्वकप–२०२४ को उपाधि भारतले जितेको छ। आज वेष्ट इन्डिजमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो ।
१ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र जोड्यो । भारतले सन् २००७ मा पनि टी–२० विश्वकपको उपाधि जितेको थियो ।