stcnepal long ad
national life

स्पेनिस लालिगाः भिल्लारियलमाथि बार्सिलोनाको फराकिलो जित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस लिग फुटबलमा गएराति शीर्ष टोलीहरु रियल म्याड्रिड र बार्सिलोना विजयी भएका छन् ।

तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडलाई पछ्याईरहेको बार्सिलोनाले भिल्लारियलमाथि ४–१ को फराकिलो जित निकाल्यो ।

जितसँगै बार्साले शीर्ष स्थानको रियलसँगको दुरी फेरी ४ अंकमा झारेको छ । भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा भिल्लारियलका टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो । यो जितपछि बार्सिलोनाले ३४ खेलमा ७३ अंक बनाएको छ । रियलको समान खेलबाट ७७ अंक छ ।

ला लिगामा चार चरणको खेल बाँकी रहँदा रियलले तीन खेलमा जित हात पारे उपाधि जित्नेछ ।

gold
kumari bank
kumari
nawakantipur long