stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युभेन्टसलाई इटालियन कपको उपाधि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युभेन्टसले बुधबार एटलान्टालाई १–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ । हारले ६ दशकयता पहिलो उपाधि जित्ने एटलान्टाको सपना अधुरै रह्यो ।

डुसान भ्लाहोभिचले चौथो मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि पर्याप्त रह्यो । युभेन्टसले इटालियन कपको उपाधि जितेको यो कीर्तिमान १५ औं पल्ट हो ।

यससँगै युभेन्टसको तीन वर्ष लामो उपाधिविहीन यात्रामा पनि पूर्णविराम लागेको छ । एटलान्टाले सन् १९६३ मा अन्तिम पटक कुनै फुटबलको उपाधि जितेको थियो । उसले अब अर्को साता हुने युरोपा कपको फाइनलमा बायर लेभरकुजनको सामना गर्नेछ ।

prabhu mahalaxmi
kumari