citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग आफ्नै मैदानमा पराजित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । एभर्टनसँग लिभरपुल २ – ० ले पराजित भएको हो । पराजयसँगै लिभरपुलको उपाधिको होडमा गम्भीर धक्का पुगेको छ ।

गएराति भएको आफ्नो ३४औं खेलमा लिभरपुल उसको घरेलु मैदानमै पराजित भएको हो । एभर्टनको जितमा जाराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले गोल गरे ।

लिभरपुलले पछिल्ला ९ खेलमा ४ मात्र जित हात परेको छ । ३४ खेल खेलेको लिभरपुलको ७४ अंक छ । समान खेल खेलेको आर्सनल ७७ अंक सहित शीर्ष स्थानमा छ । ३२ खेल खेलेको साविक विजेता म्यानचेस्टर सिटी ७३ अंकका साथ तेस्रो स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४–२ गोलले हराउँदा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले पराजित गरेको छ ।

himalayan life insurance
igi long