evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

‘आइएमई पे एपको नयाँ सुविधा –IELTS टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने’

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।

यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन्।

प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, , IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट,Life Skills A1/A2, B1 को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्।

सिमित अवधिको लागि आइएमई पे एपबाटIELTS टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु. १००० क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ।

‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने,IELTS शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं।’

igi long
himalayan life insurance long ad