citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ईसेवा मनि ट्रान्स्फर र जि.एस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौता

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जि.एस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।

यो सम्झौतासँगै साइप्रस बसोबास तथा काम गर्दै आएका नेपालीहरूले जि।एस क्यासलाइनको ४० शाखाहरूबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।

साथै जि.एस क्यासलाइनबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा ईसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोइराला र जि.एस क्यासलाइनको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरेका थिए ।

ईसेवा मनि ट्रान्स्फर र जि.एस क्यासलाइन बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

himalayan life insurance
igi long