macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ई–सेवामा जागिर खुल्यो, १२ पास गरेका ४२७ जनालाई अवसर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । डिजिटल वालेट ई–सेवाले सातवटै प्रदेशमा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

कम्पनीले देशैभरि बजार प्रतिनिधि र बजार व्यवस्थापक पदमा कुल ४२७ जना नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । यी पदका लागि १२ पास भएका उम्मेदवारलाई आवेदन दिन कम्पनीले आह्वान गरेको छ।

कम्पनीले सबैभन्दा बढी बागमती प्रदेश ९काठमाडौं र चितवन०मा ३३६ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ। लुम्बिनी प्रदेशमा ३२, गण्डकी प्रदेशमा २४ जना, कोशी प्रदेशमा १५ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, मधेश प्रदेशमा ४ जना र कर्णाली प्रदेशमा २ जना कर्मचारी भर्ना गर्न कम्पनीले आवेदन खुलाएको छ।

इच्छुक उम्मेदवारले career@esewa.com.np मा प्रदेश उल्लेख गरी ई–मेलमार्फत आफ्नो सीभी पठाउन कम्पनीले आग्रह गरेको छ।

himalayan life insurance
igi long
NTA long ad