नेपाल भित्रियो तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिटेन्स
रेमिटेन्स
काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) ३०% ले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८% ले बढेको थियो । यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि २५.९% ले बढेर २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९R ले बढेको थियो ।
चाडपर्वको समय भएर पनि रेमिटेन्स बढेको हुन सक्ने जानकारहरुकोक भनाई छ । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ जना पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९ हजार २९७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो १ लाख ४७ हजार ९३२ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । भने ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ ।























