stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुस २९ गते नगर सभाको १२ औँ अधिवेशन

सहरी योजना आयोगको उपाध्यक्षमा तपेन्द्रबहादुर खड्का नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको, नगर सभाको १२ औँ अधिवेशन पुस २९ गतेका लागि आव्हान गर्ने निर्णय भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बालाजु बाइसधारामा रहेको सभा कक्षमा बसेको कार्यपालिकाको ११ औँ बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सहरी योजनाविद् इञ्जिनियर तपेन्द्रबहादुर खड्कालाई सहरी योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । महानगरपालिकाको सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन २०७५ को व्यवस्था अनुसार उपाध्यक्ष नियुक्तिका लागि मंसिर २० गते प्रमुखबाट शिफारिस भएको थियो । बस्नेतले नेपाल सरकारको सहसचिव पदबाट अवकास लिनु भएको हो ।

विधायन समितिबाट बैठकमा पेश भएका ६ वटा कार्यविधि तथा निर्देशिका मस्यौदा बैठकले स्वीकृत गरेको छ । यसरी स्वीकृत भएका कार्यविधि तथा निर्देशिकाहरुमा ‘काठमाडौँ महानगरपालिका छात्रवृत्ति कार्यविधि, २०७९’, ‘पुनर्ताजगी विदा सम्बन्धी कार्यविधि, २०७९’, ‘काठमाडौँ महानगरपालिका आय ठेक्का कार्यविधि, २०७९’, ‘काठमाडौँ महानगरपालिका वहाल व्यवस्था निर्देशिका, २०७९’, ‘काठमाडौँ महानगरपालिका मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९’, ‘काठमाडौँ महानगरपालिका कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका, २०७९’ रहेका छन् ।

आजको बैठकले ३ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । यसरी नियुक्त हुनेहरुमा टंगाल माध्यमिक विद्यालय टंगालमा राजेन्द्र अधिकारी, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा प्रकाश सुवेदी र शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, ठँहिटीमा सुदामप्रसाद गौत्तम हुनुहुन्छ ।

दरबार हाइ स्कूलभित्रका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई नमूना विद्यालयको भौतिक पूर्वाधार तयार पार्न ३० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ । यसका लागि विद्यालयले भौतिक सुधारको प्रस्ताव तथा कार्ययोजना पेश गर्नुपर्नेछ ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ बमोजिम बैठकले ७ जनालाई निरीक्षण अधिकृत तोकेको छ । उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा यस अघि बसेको अनुगमन समितिको बैठकले निरीक्षण अधिकृतको नामसहित उपभोक्ताका तर्फबाट संस्थागत प्रतिनिधित्वका लागि उपभोक्ता अधिकार अनुसन्धान मञ्च र व्यक्तिगत रुपमा विमला खनाललाई प्रतिनिधित्व तोक्न शिफारिस गरेको थियो ।

आज तोकिनु भएका निरीक्षण अधिकृतहरुमा निर्देशक बलराम त्रिपाठी, वरिष्ठ पशु चिकित्सक डा. अवधेश झा, वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली, उपनिर्देशक रामप्रसाद पौडेल, उपनिर्देशक सरिता राई, उपनिर्देशक सजिना महर्जन, पशु चिकित्सक डा. पूजा खनाल हुनुहुन्छ ।

बैठकमा कार्यपालिका सदस्यहरु विमल होडा, मचाराजा महर्जन, रामकुमार के. सी., आशामान संगत, बालकृष्ण महर्जन, सरोज ढकाल लगायतले विविध विषयमा धारणा राख्नुभएको थियो ।

विविधमाथि छलफल गर्दै बैठकले चमती जग्गा एकीकरण आयोजनाको म्याद सकिएको र आयोजनाको थोरै मात्र काम गर्न बाँकी रहेकोले मनोहरा जग्गा एकीकरण आयोजनालाई चमतीको बाँकी काम सम्पन्न गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसैगरी विश्वव्यापी रुपमा फैलिएको कोविडको सम्भावित जोखिमलाई चुस्त र प्रभावकारी व्यवस्थापनका लागि काम गर्ने निर्णय गरेको छ ।

IME Lifesidebar
kumari