citizens life insurance long ad
stcnepal long ad

शैक्षिक गुणस्तर सुधारका लागि तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ।

बिहीबार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो।

दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्रा। डा। जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन हुनुहुन्छ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताउनुभयो। ‘हामीलाई थाहा छ, गुणस्तरीय शैक्षिक क्रियाकलापका लागि गुणस्तरीय शिक्षण आवश्यक पर्छ।

यसका लागि पर्याप्त पूर्वाधार र योग्य जनशक्ति आवश्यक हुन्छ। आफ्नो क्षेत्रबाट काम गरिरहेका साझेदारसँग सहकार्य गरेर हामी नतिजा निकाल्न प्रयास गर्नेछौँ।’

IME Life
kumari