stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन

स्नान कक्षको पनि व्यवस्था

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था
ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन्। ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन्।

मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए। उनले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटनढोका र जावलाखेलमा बनाएको उनले बताए।

शौचालय बनाएपछि त्यसको वरिपरी दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफुहरुले चिरेको बताउँदै अब थप शौचालय बनाउँदा यस्तो कुरा नआउने बताए।

यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए। स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुविधा उपलब्ध रहेको बताइएको छ।

अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सर जडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari