sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सुन बजारमा पनि उछाल, दिनहुँ बन्दैछ नयाँ–नयाँ रेकर्ड

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । सुनको भाउले दिनहुँ नयाँ–नयाँ रेकर्ड बनाउन थालेको छ । यसैक्रममा शुक्रबार सुन तोलामा फेरि ५०० रुपैयाँले बढेर ७८ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि तोलाको ५०० रुपैयाँले नै बढेर ७७ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी तोलाको ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।                                                                                                              अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएपछि त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको हो । विदेशमा हुने भाउ घटबढ अनुसार नै यहाँ पनि मूल्य निर्धारण गरिन्छ । पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई कारण देखाइएको छ ।
यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानी कर्ता सुन तर्फ आकर्षित भएका हुन् ।  यस्तै, चीन–अमेरिका विवाद अझै पूर्णरुपमा समाधान भइनसकेको, अमेरिका र इरानबीचको बढ्दो विवाद लगायतका कारण सुनको भाउ उकालो लागेको व्यवसायीहरु बताउँछन् ।

gold
prabhu bank
nawakantipur long