खोकनामा सेना, प्रहरी र जनताको जुझाइ
काठमाडौ । ” वल होइन, विवेकको प्रयोग होस् …राेग र भाेग तथा राजनीतिक अस्थिरताकाे अवस्थामा … ! ” लागत मूल्य वढ्ने चिन्ता भन्दा सम्पदाको संरक्षण सम्वध्दर्नमा ध्यान देउ ।
सडक निर्माणमा प्राविधिक कठिनाइक छ भने सम्भावित विवल्प खोज सेना, प्रहरी र जनतालाइ नजुधाउ ।
विकासका नाममा उर्वर भूमि विनाश गर्न नहुने, खोकनाको सभ्यता जोगाउनु पर्ने र भूमाफिया वारेका लगायतका मागमा राज्य सरकारले उच्च प्राथमिकता साथ लागत मूल्यको कुरा भन्दा उचित विकल्प खोज। स्मरण रहाेस …
१.साँस्कृतिक तथा पुरातात्विक सम्पदाको अवस्थाबारे अनभिज्ञ हुनु सम्भावित विकल्पमा ख्याल खाेज्न नहुने किन ?
२.खोकनाको सबैभन्दा महत्वपूर्ण जात्रा र पर्व जोडिएका छन्।
यहाको ऐतिहासिक शक्ति पीठ सिकाली जात्रा अस्टमात्रिका तथा खोकनाबाट मल्ल कालदेखि उपत्यकालाई हालसम्म पनि परम्परागत प्रबिधिले शुध्द तोरीको तेल उत्पादन गरी तेल बितरण गर्दै आएको छ ।
३. खाेकनाको अहिलेको बिबादित भूमि उपत्यकाको अन्नको उर्बर भूमि अन्नभण्डार हो । ऐतिहासक मल्लकालमा उपत्यकाको राजधानी भक्तपुरमा एक समय अन्न (धान, गहूँ आदि ) को उत्पादन नहुँदाको बख़तमा भक्तपुरमा अनिकाल हुँदा खोकनाले अन्न (धान ,गहूँ ) को सहयोग गरेर भक्तपुरको जनतालाई जोगाएको ऐतिहासिक घटनाको इतिहास ख्याल गराै।
४. खोकनाको जनताहरू नेवार समुदाय समेत सोझो सीधा मेहनती किसान संस्कार र कृषि पेशामा आधारित छ । जय नेपाल ! जय नेपाली !!





























