stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली काँग्रेसका कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ।

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलको नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।

उहाँलाई बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

मुख्यमन्त्री बन्नुभएका ५१ वर्षीय शाह कैलाली क्षेत्र नम्बर २(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले एक महिनाभित्र प्रदेश सदनबाट विश्वासको मत लिनुपर्नेछ।

IME Lifesidebar
kumari