प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुसहित सचिवहरुको बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रीहरुसहित सचिवहरुसँग छलफल गर्ने भएका छन् ।
आज मंगलबार दिउँसो प्रधानमन्त्री देउवाले मन्त्रालयगत विषयमा मन्त्री सहित सचिवहरुसँग छलफल गर्न लागेका हुन् । बैठक ३ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
छलफलपछि प्रधानमन्त्रीले विभिन्न कामकारबाहीका बारेमा सचिवहरुलाई निर्देशन दिनसक्ने स्रोतले जनाएको छ ।