citizens life insurance long ad
stcnepal long ad

विदेशमा सम्पति राख्न नपाउने कानुनी व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । संघीय संसद सचिवालयमा विदेशमा सम्पति राख्न नपाउने व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गरिएको छ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संशोधन प्रस्ताव दर्ता गर्दै विदेशमा सम्पति राख्न नपाउने व्यवस्थ गर्न प्रस्ताव गरेका हुन्।

 

प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पति राख्न नपाउने भनी किटान गरिनुपर्ने सांसद सुवालको प्रस्ताव छ। ‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सिमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ।

नेमकिपाले संविधानमै विदेशमा सम्पति राख्न नपाउने व्यवस्थाका लागि पहल गरेको थियो। संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सीमांकन गरिनेछ, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनेछ र जमिनमा जोत्नेको हक हुनेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो। जुन तत्कालीन संविधानसभाले वहुमतले अस्वीकृत गरेको थियो।

संविधानमा नसमेटिए पनि नेमकिपाले यो विषयलाई निरन्तर उठाउँदै आएको छ। संविधानले विदेशमा सम्पति राख्ने विषयलाई निस्तेज गरेको छैन।

संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने उल्लेख छ।

संविधानमा विदेशमा सम्पति राख्न पाउने वा नपाउने भनी प्रष्ट किटान नगरिएका कारण कानुन बनाएर यो विषयलाई सम्बोधन गर्न सकिने नेमकिपाका सांसद सुवालको तर्क छ।

IME Life
kumari