stcnepal long ad
ime life insurance
national life
global ime bank long

ठूला राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा संकटमा: अध्यक्ष एकनाथ ढकाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

कैलाली । नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशबाट स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरेर चुनाबी अभियान शुरु गरेको छ । परिवार दलले भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दलका अध्यक्ष एकनाथ ढकालले आगामी हुन गईरहेको आसन्न स्थानिय निर्वाचनको लागि तयारी रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पुर्वमन्त्री समेत रहेका अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरुले बिकल्पको खोजी गर्नुपर्ने बताए ।

कैलाली र कन्चनपुरका सयौ अगुवा कार्यकर्ताहरुको सहभागिता रहेका प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सत्ता र सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेकोमा दुःख पोख्दै नेपाली जनताले धेरै पीडा पाएको जसले गर्दा नागरिकले गाँस, बास कपास जस्ता न्युनतम आधारभुत आबश्यकता पनि पुरा हुन नसकेको बताए ।

उनले भने कथित ठुला भनिने नेपालको राजनैतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने बताए । तीन घन्टासम्म सन्चालन भएको प्रशिक्षण कार्यक्रमममा नेता ढकलले नेपाल परिवार दल नयाँ विचारका साथ एक बैकल्पिक पार्टीको रुपमा उदाएको पार्टी भएको र यसले सबै खाले बिभेदको अन्त्य गर्दै नयाँ नेपाल निर्माण गर्ने महान अभियानमा अगाडि बढेको बताए ।

उनले कार्यकर्ताहरुलाई नयाँ जोश र जाँगरका साथ अगाडि बढ्नुपर्ने निर्देशन दिए र यसको शुरुवात पनि सुदुरपश्चिमबाट भएको बताए । दलका महामन्त्री प्रकाश बाबु थापाले अबको परिवर्तनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउँदै आफ्नो पार्टी युवामैत्री रहेको पनि जिकीर गरे ।

आजै परिवार दलको कन्चनपुर जिल्ला कार्यसमिति र पीस फोर्स जिल्ला कार्यसमितिको पनि गठन भएको छ । जसमा ३१ सदस्यीय कन्चनपुर जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेम परियार र १५ सदस्यीय पीस फोर्स अध्यक्षमा प्रेम राज गिरी चयन भएका छन ।

सोही कार्यक्रममा बिभिन्न दल परित्याग गरी १२० नेपाल परिवार दलमा प्रबेश गरे । उनीहरुलाई परिवार दलका अध्यक्ष एकनाथ ढकालले पार्र्टी सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरे ।

दलका केन्द्रीय सदस्य खडग नगरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यद्वय शंकर ढकाल, बिष्णु बिक, नेपाल प्रबाशी परिवार भारत दिल्ली राज्य समिति अध्यक्ष मन्जु सेवान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

IME Lifesidebar
kumari