कमल थापाले छोडे राप्रपा
काठमाडौं । पूर्वपञ्च कमल थापाले राप्रपा त्यागेका छन। उनले हिजो माघ २५ गते एक विज्ञाप्ती प्रकाशित गर्दै ूअत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।
३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछुू भन्दै राप्रपाबाट अलग भएका छन। उनी अब अर्को पार्टी गठन गर्ने तयारीमा जुटेका छन ।
थापालाई राप्रपाका कुन( कुन नेताले साथ दिन्छन् भन्ने हिसाब किताब गर्न थालेका छन् । कमल थापाले पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्दको साथ लिन खोजिरहेका छन् । पूर्वअध्यक्ष राणालाई थापाले अध्यक्ष बनाउने प्रस्ताव गरेका छन तर राणाले मानेका छैनन।
राणाले नमाने चन्दलाई प्रस्ताव गर्ने र उनले पनि अध्यक्ष बस्न नमाने बुद्विमान तामाङलाई अध्यक्ष बनाउने र आफू सर्वोच्च नेता हुने थापाको तयारी रहेको राप्रपा भित्र चर्चा छ ।
थापाले आफूलाई पदलोलुप भएको आरोप नलागोस् र पार्टी आफ्नो पकडभन्दा बाहिर पनि नजाओस् भन्ने मनसायका साथ यसो गर्न लागेका हुन। त्यही भएर बुढेशकाल लागेर पार्टी नेतृत्व छाडेका राणा र चन्दलाई अध्यक्षका लागि प्रस्ताव गरेका छन,तर उनीहरूले मानिरहेका छैनन् ।
चन्दका छोरा जयन्त चन्द भने थापालाई साथ दिने मूडमा देखिएका छन् । पिता लोकेन्द्र बहादुर चन्दले अहिलेसम्म मुख नखोलेपनि छोरा जयन्त चन्द भने थापाले बोलाएको भेलामा सहभागी भएका थिए ।
थापा धुव्रबहादुर प्रधान, विक्रम पाण्डे, रोशन कार्की, भुवन पाठक, बुद्धिमान तामाङ लगायतका नेताहरुलाई फकाउने प्रयासमा लागि रहेका छन् । तर, उनीहरु थापानिकट भएपनि राप्रपा छोड्ने मुडमा छैनन् । महामन्त्री कुन्ती शाही भने थापाको पार्टीमा जान सक्ने अनुमान गरिएको छ ।
अहिलेको केन्द्रीय कमिटीमा रहेका अधिकांश नेता र कार्यकर्ताले थापालाई साथ दिने संभावना कम रहेको विश्लेषण गरिएको छ ।
निर्मलनिवासका सचिवहरू पनि राप्रपाबाट कमभन्दा कम नेताहरु मात्रै थापातिर जाउन भनेर चनाखो भएका छन। साथै अनौपचारिक रुपमा राप्रपाका थापा निकट नेताहरुलाई उता नजान कन्भिन्स गर्ने प्रयासमा लागेका छन ।
गत माघ २४ गते सोमबार चावहिलको नवदुर्गा पार्टी प्यालेसमा थापाले बोलाएको भेलामा करिब १ सय जना राप्रपा कार्यकर्ताहरू सहभागी भएका थिए। त्यहाँ थापाका विश्वासपात्र मानिएका महामन्त्री भुवन पाठक सहभागी थिएनन् । त्यहाँ सहभागी भएका ध्रुबबहादुर प्रधानले थापाले पार्टी छोड्न नहुने भन्दै आफुले राप्रपा नछोड्ने प्रतिक्रिया दिएका थिए ।
पुर्व अध्यक्ष पशुपति शमशेर राणाले पनि थापालाई साथ दिने निश्चित भएको छैन । राप्रपाको केन्द्रीय कमिटी बैठकमा थापा सहभागी नभएपनि नेतृत्व चुनिइसकेपछि बैठक बहिस्कार गर्नु र नेतृत्व अस्वीकार गर्न नहुने भन्दै राणा सहभागी भएका थिए ।
महामन्त्री धवलशमशेर राणाले पनि पशुपति शमसेरलाई थापासँग जानबाट रोक्ने प्रयास गरिरहेका छन् । रोशन कार्की, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरुलाई थापासँग जान नदिन डा।प्रकाशचन्द्र लोहनीले प्रयास गरिरहेका छन ।
ठुला नेता नआएमा थापाले आफै अध्यक्ष भई राप्रपा नेपाल पार्टी खोल्ने र हिन्दु राष्ट्रको नारालाई उराल्ने भएका छन। थापाले भारतीय लाइनको राप्रपा खोल्ने चर्चा छ।





















