एमाले काठमाडौं जिल्ला अध्यक्षमा दिपक निरौला निर्वाचित
काठमाडौं । नेकपा (एमाले) को काठमाडौं जिल्लाको छैठौं जिल्ला अधिबेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ।
काठमाडौं जिल्ला कमिटीको हिजो सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा दिपक निरौला, उपाध्यक्षमा नवराज पराजुली, सचिवमा राजेश शाक्य तथा उपसचिवमा विन्दु महर्जन र क. तेज ढकाल निर्वाचित भएका छन। साथै अधिवेशनले पाँच जना पदाधिकारी सहित २२५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ।


























